चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं ।अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रिय कार्यकारिणी समिति बैठकमा संघीय परिषदका अध्यक्ष बाबुराम पक्षधर भने अनभिज्ञ रहेका छन् ।

आगामी २७–२८ असारमा बोलाइएको केन्द्रीय कार्याकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर भने अनभिज्ञ रहेका छन् ।

‘केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो भन्ने सुनेको छु, तर अहिलेसम्म खबर आएको छैन,’ सांसदसमेत रहेकी केन्द्रीय कार्यकारिणी समितिका सदस्य अमृता अग्रहरीले भने, ‘उपेन्द्रजीले संसदीय दलको बैठक बोलाउँदा होस् वा पार्टीको छलफल चलाउँदा होस् कसैलाई बोलाउने कसैलाई नबोलाउने गर्दै आइएको थियो, यही होला भनेर बुझौं ।’

इमेल, मोबाइल म्यासेजमार्फत बैठकको जानकारी गराउँदै आउने चलन भए पनि अहिलेसम्म भट्टराई पक्षधरका नेताहरुले बैठकका बारेमा सूचना नपाएपछि यादव पक्षधर नेताहरुसँग चासो व्यक्त गरिरहेका छन् ।

उता, यादव पक्षधर नेता मनीष सुमनले भने बैठकमा बारेमा इमेल आएको जानकारी दिए । ‘मलाईचाहिँ बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो, तर केही साथीहरुले कुनै खबर पाइएन भनिरहनु भएको छ, सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाइ भएको होला’ सुमनले भने ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com