आश्विन ९, २०८० मंगलबार । September 26, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं ।केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार अपराह्न बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगाय समसामयिक विषयमासमेत छलफल गर्ने भएको छ ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका अजेन्डामा बैठकका लागि तय गरिएका छन । ‘अपराह्न १ बजे देखि बस्ने बैठकले केन्द्रीय कार्यसमितिको सदस्यको संख्या टुंग्याउनेदेखि सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले भने ।

उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाई सकेकाले त्यसलाई पारित गरी नाम टुंगो लगाउन दिशामा जानेछ ।

तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५ सय १ सदस्सीय राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेस गर्दै छ ।

उता, पार्टीको भातृ संगठनको नाम तय गर्ने देखी त्यसको नेतृत्वको बारेमा पनि बैठकले छलफल गर्नेछ भने केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता विधेयकलगायतको विषयलाई समेत समेटेर बुझाएको ज्ञापनपत्रलाई कार्यान्वयन नगरेको असन्तुष्ट लोसपाको बैठक सो बारेमा पनि केन्द्रित हुनेछ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com