मंसिर १८, २०७९ आइतबार । December 4, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

बारा । विद्यार्थीमाथि कुटपिट गर्ने भरत बाबा स्कुलका सञ्चालकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय बारामा उजुरी परेको छ ।

बाराको देवताल गाउँपालिका(७ का हाल कलैया उपमहानगरपालिका(५ बस्दै आएका वर्ष ४० का सञ्जिव यादवले विद्यालयको कक्षा १० मा अध्ययनरत विवेक यादवलाई कुटपिट गरी यातना दिएको भन्दै बोर्डिङ स्कुल सञ्चालक रविन थापामाथि कारबाही माग गरेका छन ।

विद्यालयमा अध्ययनरत विवेक र सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत काजल यादवसँग चर्को मांसिक शुल्क लिई अन्य अभिभाकसँग समेत विभिन्न शुल्कको नाममा विद्यालय सञ्चालक थापाले ठगी धन्दा चलाएको पनि उजुरी पत्रमा उल्लेख छ ।

विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीसँग प्रत्येक महिना पाँच हजार र वार्षिक शुल्कको नाममा तीन हजार गरी आठ हजार लिएको सञ्जिव यादवले बताए ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com