माघ १७, २०७९ मंगलबार । January 31, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

खोटाङ । खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् ।

गत १४ असारमा नाबालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जबर्जस्ती करणी गर्ने केपिलासगढी गाउँपालिका(४ बाक्सिलाका १६ वर्षीय केपिलासगढी ९ग० ९परिवर्तित नाम०लाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि फरार भएका आरोपितलाई बिहीबार बिहान केपिलासगढी गाउँपालिका(५ सप्तेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले विज्ञाप्तिमार्फत जानकारी दिएको छ ।

अभियुक्तले आफ्नै घरमा खेलीरहेकी नाबालिकालाई दिउँसो ३ बजे ललाइफकाई बाख्रा खोरमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । नाबालिकाकी आमाले देखेपछि आरोपित फरार भएका थिए । उनलाई इलका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा राति २ बजे नियन्त्रणमा लिएको हो ।

अभियुक्तविरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर निगरानी कक्षमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक रोमनराज अर्यालले जानकारी दिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com