मंसिर २१, २०८० बिहिबार । December 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

जनकपुरधाम । मधेस सरकारले सहिदका परिवारलाई मासिक २१ हजारका दरले भत्ता दिने निर्णय गरेको छ । यहाँके सरकारले मधेस आन्दोलन र जनयुद्धका सहिद परिवारलाई मासिक २१ हजार रुपैयाँ दिने भएको हो ।

गृह तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले सहित परिवारलाई भरणपोषण बापत मासिक यस्तो रकम दिन लागेको बताइएको छ ।

सहिदका छोराछोरीलाई समेत निःशुल्क पठनपाठनका लागि छात्रवृत्ति दिने र भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा ९६० बमोजिम मधेस आन्दोलन तथा जनयुद्धमा सहिद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखेर मासिक अधिकतम २१ हजार रुपैयाँका दरले दिन लागेको हो ।

सहिदका सन्तानलाई कक्षा १ देखि ६ सम्म १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रूपमा छात्रवृत्ति दिने सरकारको तयारी छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com