चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तवले बिहीबार राष्ट्रपति भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त प्रमाणपत्र पेश गरेपछि उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए । राजदूत श्रीवास्तवले हालै भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरेका छन् ।

उनी नेपालका लागि भारतका २६ औं राजदूत हुन् । पूर्वराजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रूपमा नियुक्त भएका हुन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com