फाल्गुन १७, २०८० बिहिबार । February 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

मुस्ताङ । मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com