काठमाडौं । नेपाल कम्युनिस्ट फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि सक्रिय राजनीतिबाट अलग्गिएका नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले नेकपा राष्ट्रिय एकता अभियान पार्टी गठन गरेका छन् । गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् ।
जसमा गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्य समेत रहेकी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बर वरियतामा राखिएको छ ।
यस्तै गौतमका छोराको नाम केन्द्रीय कमिटी सदस्यको पाँचौं वरियतामा राखिएको छ । गौतमले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका हुन् । केन्द्रीय समितिमा रहेका अन्यमा गौतमसहित तोफा यादव, ज्ञानुमाया रिजाल, दिपककुमार टमाटा, कमल बस्नेत, रवि खाँ, मो. शेरवागवान, उदयराज अधिकारी, इमानसिंह भारती, युवराज पौडेल, महेन्द्र अर्याल, डिल्ली भट्टराई, रामप्रकाश अधिकारी, नवराज ढुंगाना, ओम चालिसे, डिबी कार्की, डा कुमार आचार्य, भगवती विष्ट, डा प्रकाश मान श्रेष्ठ, दीपेश न्यौपाने, हरिबन्दु गुम्ता, शम्भु पाण्डे, देवी ओझा, गोपी गिरी, दुर्गा भण्डारी, धनञ्जय खनाल रहेका छन् ।
त्यसैगरी डा. रमेश खरेल, पविता लिम्बु, युवराज सफल, द्वारिका निरौला, तेजबहादुर कार्की, भगवती ढकाल, विष्णुराज अर्याल, कृष्णगोपाल बञ्जारा, गुणबहादुर बञ्जारा, सुरेशरत्न बज्राचार्य, मीननाथ देवकोटा, सरस्वती न्यौपाने, सरस्वती अधिकारी, निलकण्ठ पौडेल, नवीन ढकाल, रामचन्द्र भण्डारी (कुमार), प्रमोद उपाध्याय, रामकृष्ण चौलागाईँ, उर्मिला श्रेष्ठ, रामबहादुर भण्डारी, राजकुमार हुमागाईं, राधेश्याम गुप्ता, कुन्ती पाठक, मञ्जु गुरुङ, हरि काफ्ले, लोकनाथ धमला, लोम्साङ शेर्पा, गीता थापा, डोलराज अर्याल, रवीन्द्र बम, सञ्जय अधिकारी, नीमकान्त पाण्डे, रामकुमारी महर्जन, डोलराज अर्याल, प्रवेश महत क्षेत्री, डा केशवराज खड्का, ज्योती गिरी, अप्सरा उप्रेती, मेनका कार्की, शोभा पाठकलगायत पनि केन्द्रीय समितिमा रहेका छन् ।
भरखरै वामदेव गौतम नेत्वमा गठित नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आठजनाको सचिवालय सदस्य गठन गरिएको छ । ती आठजना सचिवालय सदस्यभित्र भगवती विष्ट पनि एक हुन् ।

भगवती विष्टले नेकपा एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय महिला विभाग प्रमुख र सचिवालय सदस्य भएर २०६३ देखि २०६८ सम्म दुई कार्यकाल काम गरिसकेकी छन् । त्यसैगरी नेकपा एमाले प्यूठान जिल्ला कमिटीमा पनि दुई कार्यकाल काम गरेको अनुभव उनीसँग छ । त्यसपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएपछि किसान महासंघको २५ वटा विभागमध्ये एउटाको संयोजक भएर काम गरिसकेकी छन् ।
प्युठान नगरपालिका २ मा जन्मिएकी विष्टले सामाजिकमा डिग्री र नेपालीमा पनि एमफिल गरेकी छन् । पेशाले प्राध्यापक विष्ट विद्यार्थी राजनीतिबाट पार्टीको सक्रिय राजनीतिमा आएकी एक उदीयमान नेतृ हुन् । राजनीतिसँगै शिक्षण पेशामा सक्रिय उनी कर्मठ नेतृ तथा समाजसेवी भनेर चिनिन्छिन् । अध्ययनसँगै राजनीतिलाई एकै साथ अगाडि बढाएकी विष्ट निष्ठावान नेता र स्पष्ट वक्ताको रुपमा परिचित छिन् ।
प्रतिक्रिया