चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका (१० दुबिन डाँडामा घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । स्थानीय ढाकाराम भट्टराईको घर सहितको गोठ भत्किँदा उनकी १३ वर्षकी छोरी रेखा भट्टराईको मृत्यु भएको हो । घटना लगत्तै स्थानीयले उनलाई गल्याङ नगर अस्पतालमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

आज बिहान ५ वजे भएको घटनामा रेखासँगै रहेका उनका १६ वर्षका दाजु लक्ष्मण भट्टराई घाइते भएका छन् । घटनामा गोठमा रहेका एक भैसी र दुईवटा बाख्रा पनि मरेका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com