चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

एजेन्सी,बोगोटा । दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् ।

‘अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ’,नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।

आगो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दुर्घटना भएको स्थानीय अधिकारीहरुको भनाई उद्धृत गर्दै क्याराकोल रेडियोले जनाएको छ ।

विवरणअनुसार ४० जनाभन्दा बढी घाइते भएका छन् । निवर्तमान राष्ट्रपति इभान ड्यूकले ट्विट गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति जनाएका छन् ।

‘जेलमा भएका घटनाहरूप्रति खेद व्यक्त गर्दछौं’, उनले भने । ल्याटिन अमेरिकामा घातक जेल दंगा बारम्बार हुने गरेका छन् । कोलम्बियाको छिमेकी इक्वेडरमा सन् २०२१ को सुरुदेखि भएका ६ ओटा दंगामा झन्डै ४०० कैदी मारिएका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com