चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

चितवन । आफ्नै आमा माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com