चैत्र १०, २०८० शनिबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

देउवाले अझै पार्टी पदाधिकारीहरुलाई किन दिएनन् जिम्मेवारी ?
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेंशन सम्पन्न भएर शेरबहादुर देउवा सभापति भएको ६ महिना बितिसकेको छ । तर, प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले अहिलेसम्म पार्टीको दैनिक काममा नभइनहुने कोषाध्यक्ष भने मनोनित गर्न सकेका छैनन् । यसैगरी आपूmसँगै सह–महामन्त्रीमा निर्वाचित भएका ८ जना नेताको लागि सभापति देउवाले अहिलेसम्म जिम्मेवारी दिएका छैनन् ।

कांग्रेसको विधानमा सह–महामन्त्रीको जिम्मेवारी किटान नभएको कारण सभापतिले नै जिम्मेवारी दिनुपर्ने हुन्छ । उता आफ्नो प्यानलबाट उपभापतिमा निर्वाचित भएका पूर्णबहादुर खड्कालाई सभापति देउवाले एकपछि अर्को जिम्मेवारी दिएका छन् । स्थानीय निर्वाचन अगाडि निर्वाचलन अवलोकनको जिम्मेवारी दिएका सभापति देउवाले अहिले उपसभापति खड्कालाई पार्टी प्रशिक्षण विभागको जिम्मेवारी दिएका छन् ।

तर, शेखर कोइराला प्यानलबाट उम्मेदवार भएर उपसभापतिमा निर्वाचित भएका धनराज गुरुङलाई भने सभापति देउवाले अहिलेसम्म कुनै जिम्मेवारी दिएका छैनन् । यसैगरी सभापतिको लागि दोस्रो चरणको निर्वाचनमा आपूmलाई सहयोग गर्ने सुजाता कोइराला र डा. शशांक कोइरालालाई पनि सभापति देउवाले कुनै जिम्मेवारी दिएका छैनन् ।

सम्पन्न १४ औं महाधिवेशनमा सहयोग गरेका कृष्णप्रसाद सिटौला पनि सभापति देउवाको व्यवहारबाट रुष्ट बन्दै गएका छन् र सभापति देउवा नेता रामचन्द्र पौडेलको सल्लाह, सुझाव मात्र मान्ने गरेको भन्दै उनीसँग रुष्ट बनेका हुन् ।

आमनिर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धनभित्रका शीर्ष नेताहरुले कांग्रेस घेर्ने रणनीति बनाउँदा सभापति देउवा भने यही गठबन्धनको वैशाखी टेकेर कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउने र आपूm प्रधानमन्त्री हुने सपना मात्र देख्ने गरेका छन् ।

गठबन्धनभित्रकै दलहरुले कांग्रेसका विरुद्धमा विभिन्न प्रकारको रणनीति बनाइरहँदा सभापति देउवाको चासो र चिन्ता भने जसरी पनि यो गठबन्धन आमनिर्वाचनसम्म कायम होस् र आपूm प्रधानमन्त्री वातावरण बनोस् भन्नेमा नै सीमित रहेको देखिन्छ ।

तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आपूm प्रधानमन्त्री हुने योजना रहेको भनेर कांग्रेसभापति देउवाको योजनामा गम्भीर आघात पु¥याएका छन् । तर, प्रधानमन्त्री देउवाको चासो र चिन्ता भने यो गठबन्धन भत्किएर कतै आगामी आमनिर्वाचन नेकपा एमाले र माओवादी केन्द्र मिलेर लड्छन् भन्नेमा सीमित रहेको छ ।

यही कारणले गर्दा अहिले उनको कमजोरी समाउन सफल भएका माओवादी अध्यक्ष प्रचण्ड कांग्रेस सभापति देउवालाई किनारा लगाएर आपूm आमनिर्वाचन पछि प्रधानमन्त्री हुने योजनामा अगाडि बढिराखेका छन् ।

यसका लागि कांग्रेस सभापति देउवाले गठबन्धन भित्र नै माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको अर्को गठबन्धन बनाउने कसरत गरिराखेका छन् । कांग्रेसलाई आगामी आमनिर्वाचनमा नेकपा एमालेभन्दा पनि यो तीन दलको गठबन्धन बढी चुनौतिपूर्ण हुनसक्ने देखिएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com