चैत्र १७, २०७९ शुक्रबार । April 1, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

पोखरा । पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड निस्शुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ । यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।

नगरभित्र रहेका सबै सामुदायिक विद्यायलका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ । यस्तै, पोखरा महानगरले सन्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणका लागि तीन करोड ४० लाख विनियोजन गरिएको छ । बालविकास केन्द्रका सहयोगी, विद्यालयका सहयोगी र कर्मचारीका लागि तलब दिन चार करोड ६५ लाख छुट्याइएको छ भने बालविकास केन्द्रको सवलीकरणका लागि थप एक करोड विनियोजन भएको छ । शिक्षिकाहरू प्रसूति विदामा रहँदा सट्टा शिक्षक व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com