चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सिद्धार्थ बैंकले ऋणपत्र बिक्री नभएपछि आवेदन दिने म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्‍याइएको हो । उक्त अवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ । यसले १० असारदेखि चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ ।

बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ४० लाख इकाइ ऋणपत्र जारी गरेको हो । यसमध्ये २४ लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । योमध्ये ८० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सिद्धार्थले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो ।

यसमा वार्षिक १०।७५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम एक लाख इकाइसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com