मंसिर २२, २०८० शुक्रबार । December 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार असार १५ गतेदेखि बुक क्लोज गर्दैछ । लुम्बिनीले असार २९ गते साधारण सभा बोलाएको छ ।सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९।५० बोनस सेयर र कर प्रयोजनका लागि ०।५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्दैछ । सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । कम्पनीको अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब कायम गर्ने एजेण्डा छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com