मंसिर २२, २०८० शुक्रबार । December 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारी महासचिवमा ललित विक निर्वाचित भएका छन् । अखिलको चौँथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो । प्रकाश जप्रेल सचिव र प्रतिमा चौधरी कोषाध्यक्षमा चयन भएका छन् ।

नवनियुक्त महासचिव विकले आमनागरिकका मुद्दासँग जोडिएर अखिल क्रान्तिकारीले आन्दोलन गर्दै आएको बताए । अखिलले शिक्षा र स्वास्थ्यमा गरिएको व्यापारीकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने निर्णय पनि गरेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com