आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एनआईसी एशिया मोबैंक एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले १२ असारदेखि १८ असारसम्म लागू हुने गरी ल्याएको हो । डिजिटल बैंकिङको अवधारणाअनुरुप एनआईसी एसिया मोबाइल बैंकिङमार्फत टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा ५०० अधिकतम एवं दोस्रोपटकबाट १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, आईपीओ आवेदनलगायतका सुविधा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा उपभोग गर्न सक्नेछन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com