मंसिर १९, २०७९ सोमबार । December 5, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्दैछन् ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com