चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

झापा । झापाको अर्जुनधारा(४ मा बोराभित्र शव भेटिएको छ । बोराभित्र पुरुषको शव भेटिएको हो । बोराको मुख सिलाएको अवस्थामा शव भेटिएपछि हत्या आशंका गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगम कुँवरले जानकारी दिए । उनको पहिचान हुन सकेको छैन । मृत भेटिएका व्यक्तिको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उक्त शव कल्भर्टभित्र भेटिएको थियो ।

स्थानीयले खबर गरेपछि आइतबार साँझ प्रहरीले हेर्दा शव फेला परेको हो । उनको दुवै कुममा आरएनु लेखिएको ट्याटु देखिएको डिएसपी कुँवरले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com