चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटको सुनुवाइ आजका लागि तोकिएको छ ।

प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिटको सुनुवाइ सोमबार हुने भएको हो । पछिल्लो पटक असार ५ गते सुनुवाइ तोकिएकोमा सो दिन सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो मुद्धाको फैसला आज हुन सक्ने सम्भावना रहेको छ ।

यसअघि असार जेठ ३० गते पनि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले असार ५ का लागि हेर्दाहेर्दैमा राखेको थियो ।

एआइजी पोखरेलले आफूभन्दा कनिष्टलाई आइजीपी बनाएको कारण आफू अन्यायमा परेको भन्दै सरकारको यस्तो निर्णय बदर गर्न माग राखी रिट दायर गरेका छन् । सर्वोच्चमा रिट दायर गरेर एक महिना लामो बिदामा बसेका पोखरेलको बिदा जेठ २४ गते नै सकिएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com