चैत्र ७, २०७९ मंगलबार । March 21, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

मोरङ । बुढीगंगा गाउँपालिका–४ स्थित सडकमा को।१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो ।

बाटो क्रस गर्दै गरेको अवस्थामा उक्त एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com