चैत्र १५, २०७९ बुधबार । March 29, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक ९० वर्षीय वृद्ध खोलामा मृत फेला परेका छन् । चन्द्रकोट गाउँपालिकाका–७ रुपाकोट निवासी ९० वर्षीय नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ को उर्लिखोलामा मृत फेला परेका हुन् ।

उनी बिहीबारदेखि घरबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा खोलामा उनको शव फेला परेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com