चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । निर्माणको समयमा नै गडबढी रहेको दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुल भत्किएको छ । निर्माणको समयमा प्राविधिक गडबढीका स्थगित अवस्थामा रहेको पुलको टेका र फर्मा भत्किएको हो ।

विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्ने यो पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो । शनिबार ठाडो खोलामा आएको बाढीले भत्काइदिएको छ ।

३ करोड ४७ लाख लागत इस्टिमेट गरिएको यो पुल २ करोड १६ लाख रुपैयाँमा त्रिवेणी वानियाँ लाफा जेभीले ठेक्का सकारेर काम गर्दै आएको थियो । यो पुलमा सिंगटी हाइड्रोपावरको ८० प्रतिशत र बिगु गाउँपालिकाले २० प्रतिशत लगानी गरेका थिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com