चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । संघीय संसदको माथिल्लो सदन रांष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९२५औँ संशोधन विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ र औषधि ९तस्रो संशोधन० विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com