चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानरवासीलाई आग्रह गरेको छ । काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ ९१०, ९२० र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ ९१०, ९२० को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको छ ।

उक्त व्यवस्था अनुसार जैविक कुहिने र अजैविक नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने दिन कुहिने फोहोर मात्रै संकलन गर्ने र नकुहिने फोहोर संकन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने महानगरले सार्वजनिक सूचना जारी गर्दै जनाएको छ ।

स्रोतमा नै फोहोरको पृथकीकरण नगरे फोहोर संकलन नगर्ने जनाएको महानगरले काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कसुर मानी प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने जनाएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com