मंसिर ६, २०७९ मंगलबार । November 23, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आइपिओ आज बाँडफाँड हुँदैछ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपिओ बाँडफाँड गरिन लागिएको हो ।

कम्पनीको आइपिओमा अन्तिम दिनसम्ममा १५ लाख ६४ हजार ५२२ वटा आवेदनबाट १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता सेयरको ८ गुणा बढी हो ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म एक सय रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको थियो ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com