मंसिर १४, २०७९ बुधबार । November 30, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले बुधबारदेखि हेलिकप्टर तथा व्यावसायिक उडान बन्द गर्ने चेतावनी दिएको छ । संगठनले नागरिक उड्डयन प्राधिकरणले आफ्ना ५ बुँदे माग पूरा नगरे बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै संघले प्राधिकरणले हालै विज्ञप्तिमार्फत ल्याएको रात्रिकालीन विश्रामका लागि काठमाडौंबाहिरका विमानस्थलमा जहाज नराख्ने, प्राधिकरणले हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि फिर्ता गर्नुपर्ने, काठमाडौं विमानस्थलमा दीर्घकालीन हेलिप्याड, ह्यांगरलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने ५ बुँदे माग राखेका छन् ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com