मंसिर १६, २०८० शनिबार । December 2, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । नेविसंघले काठमाडौंको घन्टाघरमा आज सेभ त्रिचन्द्र लेखेको ब्यानर राखेको छ। त्रिचन्द्र क्याम्पसका भवन जीर्ण भइसक्दा पनि पुनर्निर्माण भएको छैन।
नेविसंघले त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न माग गरिरहेको छ। नेविसंघ त्रिचन्द्रका नेता गोविन्द कोइरालाले त्रिचन्द्र कलेजका भवन पुनर्निर्माणका लागि विभिन्न कार्यक्रम गरेर दबाब दिइएको बताए।

सरकारले बजेटमा त्रिचन्द्रलगायत क्याम्पस तथा विद्यालयका भवनहरू पुनर्निर्माण गरिने उल्लेख गरेको थियो।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com