चैत्र १६, २०८० शुक्रबार । March 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ ।

आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण पहिलो संशोधन विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com