चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । एनसीसी बैंकले १ असारबाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा १५ असारसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

लिलामी सेयरको शिलबन्दी १६ असार बिहान ११ बजे सनराइज क्यापिटल कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com