मंसिर १६, २०७९ शुक्रबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । आफूखुसी सवारी साधानको भाडा बढाए यातायात व्यवसायीहरुलाई कारवाहीको चेतावनी दिएको यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका सवारी साधानको भाडा बढाएको छ । इन्धनको भारी मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन गरिएको हो ।

सार्वजनिक यातायातको भाडा ५.३० प्रतिशतले बढेको छ । विभागले लामो दूरीका यातायातमा यात्रुवाहक र मालबाहक सवारीमा भाडा बढाएको हो ।

विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पाहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी ६।९४ प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७. ७ प्रतिशतले बढेको जानकारी दिएको छ ।

विभागबाट गाडीभाडाको नयाँ सूची सार्वजनिक हुनुु विभागका महानिर्देशक नमराज घिमिरेले व्यवसायीहरुले भाडा बढाए कारवाही गर्ने चेतावनी दिएका थिए ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com