चैत्र ९, २०७९ बिहिबार । March 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

रुकुम । रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया एक किशोरीको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर ज्यान गएको हो ।

अस्मिता आइतवार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेकी हुन् । त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर लडेकी उनको परिवारले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com