जेष्ठ २३, २०८० मंगलबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुनेछन्।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक, २०७९–संसदमा प्रस्तुत गर्नेछन्। यस्तै ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ। सो विधेयक पारितका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्नेछन्। यस्तै ‘ऋण तथा जमानत ( पच्चीसौं संशोधन) विधेयक, २०७९’ पारित गर्नका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com