आश्विन ७, २०८० आइतबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । जिउँदै रहेका व्यक्तिको नक्कली मृत्यु दर्ताको कागज बनाएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कीर्तिपुरमा सात करोड रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

जग्गा ठगी प्रकरणको गिरोहमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दार्चुलाको साविक उकु गाविस–६ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका– बस्ने वर्ष ५६ को महावीर चन्द ९नक्कली तारानिधी लोहनी, सिन्धुपाल्चोकको थकनी गाविस–३, हाल मेलम्ची नगरपालिका–४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल, सोलुखुम्बुको साविक नेले गाविस–४ हाल परिवर्तित थुलुङ दुधकोशी गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ–२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की, नुवाकोटको साविक दाङसिङ गाविस–८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस–२,घर भइ हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन् ।

२०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको प्रहरीको भनाइ रहेको छ । शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान खडा गरेर जग्गा बिक्री गरेको प्रमाण प्रहरीले फेला पारेको जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com