काठमाडौं । नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुटरसहित खसेकी एक शिक्षिकाको शव खोलामा फेला परेको छ । अध्यापनका लागि विद्यालयतर्फ गइरहेकी सुन्दरा माध्यमिक विद्यालय सातबीसेकी शिक्षिका राधिका आचार्यको शव तादी खोलामा भेटिएको हो ।
दुप्चेश्वर गाउँपालिका–६ घर भएकी शिक्षिका बा. ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।
प्रतिक्रिया