आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । लक्ष्मी बैंकले तीन लाख ३३ हजार २०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै उक्त सेयर विक्री गर्ने जानकारी दिएको हो । कम्पनीले उक्त सेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा निवेदन दिन भनेको छ ।

सो अवधिमा संस्थापक सेयरधनीको निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि बैंकले बताएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com