जेष्ठ ८, २०८० सोमबार । May 22, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ ।

ब्याज दर वार्षिक १०।५० प्रतिशत रहने ऋणपत्र पाँच वर्षको अवधिको हुने बैंकले जनाएको छ ।

ऋणपत्र जारी गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्र अंकित मूल्य प्रतिकित्ता एक हजारका दरले २५ लाख कित्ता जारी गर्ने भएको हो ।

ऋणपत्र निष्कासन गर्ने सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com