मंसिर १२, २०८० मंगलबार । November 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली फिल्म उद्योगमा सधै चर्चामा रहने जोडी हो दीपाकराज गिरी र दीपाश्री निरौलाको छोडपत्र आउने भएको छ । फिल्म उद्योगमा यो जोडीले मिलेर उद्योगमा थुप्रै काम गरेको छ । रेडियो नाटक हुँदै सुरु भएको दीपक–दीपाको सहकार्य टेलिसिरियल हुँदै फिल्मसम्म आइपुगेको छ।

उनीहरुले बनाएका फिल्म बक्स अफिसमा सफल पनि भएका छन्। दीपक– दीपाले पुनः ‘छोडपत्र’नामक फिल्ममा सहकार्य गर्ने भएका छन्। दीपाले निर्देशन गर्ने ‘छोडपत्र’मा दीपक शीर्ष भूमिकामा देखिने छन्।

चलचित्र निर्माणमा रोहित अधिकारीले दीपक–दीपासँग सहकार्य गर्ने छन्। दीपक सहित यो चलचित्रमा ‘छक्कापञ्जा’का कलाकारहरुले अभिनय गर्ने बताइएको छ। चलचित्र विकास बोर्डमा दीपक–दीपाको ‘छोडपत्र’ दर्ता भइसकेका छन्। आगामी दसैँपछि चलचित्र छायाँकनको काम सुरु गर्ने बुझिएको छ ।

दीपक–दीपा भने तत्कालका लागि अर्को फिल्मको तयारीमा छन्। हेमराज बिसीले निर्देशन गर्न लागेको फिल्मको टाइटल ‘छक्कपञ्जा ४’ अथवा ‘माग्ने राजा’मध्ये के हुन्छ भन्ने कुरामा भने दीपक नै अन्यौलमा छन्।

दीपाश्री ‘छोडपत्र’मा व्यस्त हुने भएपछि तत्काल बन्न लागेको फिल्म निर्देशनमा बिसी धित्रिएका हुन्। सामाजिक र कमेडी ड्रामा फिल्मको छायाँकन असार लागेसँगै छायाँकन सुरु गर्ने भनिएपनि मौसमका कारण छायांकन सुरु हुन सकेको छैन्।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com