चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

उपेन्द्र पोखरेल, नगरप्रमुख कमलामाई नगरपालिका, सिन्धुली एवं सभापति नेपाली कांग्रेस, सिन्धली

नेविसंघबाट राजनीतिमा उदायका स्थापित नेता हुन् उपेन्द्र पोखरेल । सिन्धुलीका स्थायी वासिन्दा पोखरेल नेपाली कांग्रेसका जिल्ला सभापति एवं कमलाई नगरपालिका प्रमुख हुन् । सधैं जनताका कामप्रति दत्तचित्त पोखरेल कर्मठ नेता, समाजसेवी र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । सेवाभावले ओतप्रोत पोखरेल जनप्रतिनिधिले जनताको शासक होइन, सेवक बनेर काम गर्नुपर्ने ठान्दछन् । ‘हाम्रालाई होइन, राम्रालाई’ अवसर दिनुपर्ने धारणा राख्ने उनी इमानदार नेतामा गनिन्छन् । उनै नगरप्रमुख पोखरेलसँग स्थानीय विकासमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंलाई मत दिएर नगर प्रमुखमा निर्वाचित गराउने मतदातालाई के भन्नुहुन्छ?

यो जित मेरो मात्रै नभएर सर्वप्रथम सिन्धुली कमलाई नगरपालिकावासीकोहरु हो । त्यसपछि नेपाली कांग्रेसको पनि हो । म त त्यसको प्रतिनिधित्व गर्ने व्यक्ति मात्रै हुँ । अहिलेका नागरिक पहिलाका जस्ता हुनुहुन्न । उहाँहरुले निकै विवेक पु¥याएर नै मलाई कमलाई नगर प्रमुखमा विजयी गराउनुभएको छ । उहाँहरुले एकदमै सोचविचार गरेर मलाई मत दिनुभएको हो । त्यसप्रति नगरवासी दाजुभाइ दिदीबहिनी, अग्रज नेता, कार्यकर्ता सबैलाई धन्यवाद दिन चाहन्छु ।

अब मैले उहाँहरुको इच्छा, आकांक्षा र भावनामा ठेस नपु¥याइ, कतै तलमाथि नहुने गरी काम गर्नुपर्छ । नगरवासीले अनुभूति गर्ने गरी यो पार्टी, ऊ पार्टी नभनी साझा रुपमा काम गर्नुपर्छ । म कुरा गरेर भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने भावना राख्ने व्यक्ति हुँ । यहाँको भूगोल, जनताका इच्छा, आकांक्षा र भावनामा चोट नपुगोस् भनेर मेरो पार्टी नेपाली कांग्रेसले नगर प्रमुखको टिकट दिएको हो । अब मैले जेसुकै भए तापनि पार्टीभन्दा एक कदम माथि उठेर सम्पूर्ण नगरवासीको सेवा गर्नुपर्छ । कांग्रेस पार्टीको टिकटमा चुनाव जितेँ । जनप्रतिनिधि भइसकेपछि जनताको आवश्यकता अनुसार काम गर्नुपर्छ ।

पार्टीभन्दा माथि उठेर साझा रुपमा नगरवासीको सेवा गर्नुहुृन्छ हो ?
मलाई नेपाली कांग्रेसले टिकट दिइरहँदा मैले पार्टीलाई सिरोपर गर्नुपर्छ । घोषणा पत्रपनि पार्टीकै नीति निर्देशन अनुसार बनाइएको हुन्छ । पार्टी आफ्नो ठाउँमा सम्मानित छ । त्योभन्दा पनि सम्मानित भनेको यस नगरपालिकाभित्रका नागरिकहरु हुन् । पार्टीले टिकट दिँदैमा म नगर प्रमुख भइहाल्ने होइन । म कमलामाईको प्रमुख बन्नको लागि नगरवासीले भोट दिनुपर्छ, त्यो मैले पाएको छु । अब मैले पार्टीभन्दा एकदम माथि उठेर यहाँका नागरिकको भावना समेट्न सक्नुपर्छ ।

त्यसमा मैले निकै हेक्का पु¥याएर काम गर्नुपर्छ । म राजनीतिमा कमाउन र लिन आएको होइन, जनतालाई केही दिनको लागि आएको हुँ । हिजो म जनप्रतिनिधि नहुँदा पनि समाजसेवा अन्तर्गत विभिन्न क्षेत्रमा काम गर्दै आएको थिएँ । आज कमलामाई नगरपालिकाका नागरिकले मलाई नगर प्रमुखमा निर्वाचित गर्नुभएको छ । अब मैले काम गर्दा कहिल्यै पनि यो पार्टी, ऊ पार्टी नभनी सबैको भावना समेटेर काम गर्नुपर्छ । आउँदा दिनमा जनताको आवश्यकता र समयको मागअनुसार दत्तचित्त भएर जनसेवामा समर्पित हुने छु ।

तपाईंका आगामी कार्ययोजनाहरु कस्तो छन् ?
अब यो गर्छु, त्यो गर्छु भनेर आदर्शका कुरा गरेर मात्रै हुँदैन । हामीले मिठा भाषण गर्ने र आदर्शका नारा लगाउने काम यसअघि धेरै ग¥यौं । तर, राजनीतिमा निश्पक्षता कायम गर्न सकेनौं । अबका दिनमा हामीले विकास निर्माणसँगसँगै जनताको मन छुन सक्नुपर्छ । त्यसको लागि केही न केही आकर्षक काम गरेर देखाउनुपर्छ । जनताको आयआर्जन बढाउने कामहरु अगाडि ल्याउनुपर्छ । सीपमुलक तालीममार्पmत दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ ।

स्थानीय सीपलाई उत्दानमुखी बनाउनुपर्छ । कृषिलगायत घरेलु सीपलाई व्यवसायिक बनाउनुपर्छ । त्यसको लागि गरीव, जनताजाति, उत्पीडित, दलित, महिला, पिछडा वर्गको पहिचान गरी ठाउँ सुहाउँदो उत्पादनको पहिचान गर्नुपर्छ । त्यसो भयोभने सहुलियतमा अनुदान दिएर आयआर्जन बढाउन सकिन्छ । अबका जनता धेरै सोच्ने भइसकेका छन् । हिजोको जस्तो उधारो आश्वासन दिएर पत्याउनेवाला छैनन् । सीपमुलक तालीममार्पmत दक्ष जनशक्ति तयार गरी उत्पादनमुखी काममा अगाडि बढ्ने मेरो कार्ययोजना छ ।

अहिलेका युवा नेपालमा सम्भावनै देख्दैननु, सीपमुलक तालीममार्पmत स्वदेशमै रोजगारमुखी बनाउन सकिन्छ भनेर कसरी आस्वस्त तुल्याउनुहुन्छ ?
सबैभन्दा ठूलो कुरा त यसमा मलगायत हामी कमलामाई नगरपालिकाका जनप्रतिनिधिको सिंगो टिम नै कामप्रति जवाफदेही हुन जरुरी छ । अब हामीले काम गर्दा पारदर्शी ढंगले विकास निर्माणलगायत नगरपालिकाका सम्पूर्ण कामहरु निष्पक्ष भएर गर्नुपर्छ । त्यसको लागि म दत्तचित्त भएर सबै निर्वाचित साथीहरुसँग छलफल गरिरहेको छु । एकजनाको मात्रै प्रयासले कुनै पनि काम अगाडि बढाउन सकिँदैन । कुनैपनि परिणाममुखी काम गर्न सिंगो टिमको आवश्यकता पर्छ । त्यसपछि इच्छाशक्ति चाहिन्छ । आगामी दिनमा म सहित हाम्रो सिंगो टिम एकजुट भएर जनताले अनुभूति गर्नेगरी परिणामुखी काम गरेर देखाउँछौं ।

यसअघिका स्थानीय प्रतिनिधिहरु सुविधाभोगी भए, ठेक्कापट्टादेखि डोजरसम्म आपैmले खरिद गरे, जनताको काम गरेनन् भन्ने गुनासाहरु थुप्रै थिए नि, त्यसलाई चिर्नेगरी कसरी सुधार ल्याउनुहुन्छ ?
अब त्यस्तो गुनोसो आउने गरी कुनै क्षेत्रमा अनियमितता हुँदैन । म मेयर भएदेखि अनौपचारिक काममा हिड्दा आफ्नै साधन प्रयोग गरेर हिड्छु । कुनै पनि औपचारिक कामबाहेक मैले नगरपालिकाको साधन, स्रोत प्रयोग गरेको छैन । गर्नेवाला पनि छैन । औपचारिक कार्यक्रममा मात्रै मैले नगरपालिको सधान प्रयोग गरेको छु । आउँदा दिनमा पनि नगरपालिकाको कामबाहेक कुनै पनि अनौपचारिक काममा नगरपालिकाको साधन प्रयोग गर्ने छैन ।

हिजोका दिनमा के÷कस्ता अनियमितता भए, म त्यतातिर जान चाहन्न । केही नराम्रा भए होलान्, केही राम्रा पनि भए होलान् । तर, तपाईंले उठाएको जस्तै जनताका धेरै गुनासाहरु बाहिर आएकै हो । त्यसबेला उपभोक्त समिति पनि वडा अध्यक्षले बनाउने, अनुगमन समिति पनि वडा अध्यक्षले बनाउने र बजेट विनियोजन गर्दा पनि दुई लाखभन्दा कममा अनुगमन नगर्ने भनेर आपूm–आपूm मिलाएर समिति बनाउने गरेको गुनासो त मैले पनि सुनेको हो । मलाई आधिकारिक रुपमा थाहा चाहीं भएन । तर, जनताको गुनासो प्रसस्तै थियो । भोलिका दिनमा त्यस्तो हुँदैन । हामी हिजोको जस्तो कनिका छराई बजेट पनि ल्याउँदैनौं । पादर्शी ढंगले समिति बनाएर मात्रै निर्णय गर्दछौं ।

त्यसोभए जनताले अनुभूति गर्ने गरी परिणाममुखी र दीर्घकालीन काम गरेर अगाडि बढ्नुहुन्छ हो ?
पार्टी राजनीतिमा म नेपाली कांग्रेसको जिल्ला सभापति छु । तर, नगर प्रमुख भइसकेपछि नगरपालिकाको योजना बनाउँदा, ती योजनाहरुको वितरण गर्दा, ठाउँ छनोट गर्दा, जनतालाई प्रत्यक्ष लाभ हुने काम गरेर जनतालाई विश्वास दिलाउन चाहन्छु । त्यसरी काम गर्दा कुनै दलविशेषको नभएर विसुद्ध जनताको जनप्रतिनिधि भएर निष्पक्ष ढंगले काम गर्ने छु ।

म नगरपालिकाभित्र जाँदा दलको प्रतिनिधि होइन कि जनताको जनप्रतिनिधिको हैसियतले जाने छु । र, सबैको काम गरेर उपेन्द्र पोखरेल साच्चीकै जनप्रतिनिधि हो भन्ने देखाउन चाहन्छु । मकहाँ कामको लागि आउँदा सबैले निधक्क भएर आउँदा हुन्छ । म यो दल, ऊ दल नभनी सबैको निष्पक्ष ढंगले काम गर्छु । नगरपालिका सबै नगरवासीको हो । म उहाँकै काम गर्ने सेवक हुँ । उहाँहरुको सेवा गर्नु मेरो कर्तव्य र दायित्व हो ।

ए तपाईंसँग काम गर्न आउँदा मेरो काम हुँदैन कि भनेर कसैले नडराए हुन्छ हो ?
मैले अगाडि पनि भएको छु, मैले गर्न मिल्ने, मेरो अधिकारले भ्याएसम्मको काम गराउन कसैले नहिचकिचाए हुन्छ । निर्धक्क भएर आउनुहोस् यो सबै नगरवासीको काम गराउने थलो हो । उहाँहरुले पलानो पार्टीको मान्छे मेरो काम गर्दैन कि भनेर नसोचे हुन्छ ।

मैले गर्न मिल्ने सबै नागरिकको काम गरेर छाड्छु । अझ मैले त जनताका पीरमर्काहरु के के छन् ? त्यसको समाधानका लागि सबैसँग भेट गर्न मिल्ने गरी मेरो कार्यकक्ष त बाहिरै ट्रष्ट हालेर राखिदिए पनि हुन्छ । उहाँहरु सबैको पीरमर्का बुझेर प्रत्यक्ष भेटेर काम गरिदिने छु । यदि जनताका गर्न मिल्ने काम कुनै कर्मचारीले रोकेका छन् भने मलाई आएर भेट्नुहोस् म आफै गएर तुरुन्त गर्न लगाउने छु । यस नगरपालिकाका जनताका के समस्या छन् ?समाधानका लागि मेरो ढोका सधैं खुल्ला रहने छ । यो कुरा मैले पहिलादेखि भन्दै आएको छु । त्यसको लागि म अहिले पनि प्रत्यक्ष रुपमा भेटघाटमै लागिपरेको छु ।

तत्काल गर्नैपर्ने काम चाहीं के देख्नुभएको छ, जुन तपाईं घरदैलो कार्यक्रका क्रममा घुम्दा ?
म जनताका घरदैलोमा पुग्दा आयमुलक बन्ने, स्वरोजगारमुखी बन्ने जस्ता उहाँहरुले अपेक्षा गरेको भन्दा पनि आपैmले महसुस गरेका कामहरु छन् । अहिले पनि फुर्सद हुनेबित्तिकै मोटर साइकिलमा जनताका समस्या बुझ्न घर–घरमा पुगिरहेको हुन्छ । त्यसमा विभिन्न समस्याहरु भेटिन्छन् जस्तो बाटोघाटो, खानेपानी, सरसफाइ, सिंचाईं आदि समस्या समाधानका लागि हेर्दै हिडिँरहेको हुन्छु । यसरी घुम्नेक्रममा जनताका धेरै आशाहरु भएको पाएको छु ।

कमला नदीको समस्या लगायत विपदव्यवस्थापनको लागि कस्तो छ ?
त्यसको लागि म निर्वाचित भएर आइसकेपछि पहिला कमला नदी नियन्त्रण र विपद व्यवस्थापनको लागि हामीले पहिलो कार्यपालिकाको बैठकबाटै निर्णय गरेका छौं । त्यसको लागि तारजाली, रेस्क्युको लागि सेना, प्रहरी, रेक्रससँग सन्वय गरेर अगाडि बढ्ने सहमति गरेका छौं । त्यससँगै त्रिपाल, खाद्यान्न, भाँडाकुडाको व्यवस्थापनको लागि पनि तयारीमा जुटेका छौं । कतै पहिराले घर तान्न लाग्यो भने त्यसको उद्दारको लागि पनि तयारी गरेका छौं । बाढी टोलवस्तीमा छिर्न लाग्यो भने त्यसलाई रोकथाम गर्न तारजातीको तयारी गरेका छौं । यसरी मौसमअनुसार आइपर्ने विपदव्यवस्थापनको लागि हामीले उच्च महत्वका साथ तयारी थालेका छौं ।

यो चाहीं काम नगरपालिकाले तत्काल गर्नैपर्ने भनेर खड्किको कुन ठाउँ देख्नुभएको छ ?
कुनै ठाउँविशेष भन्दा पनि सबैतिर भौगोलिक अवस्था अनुसार विविध समस्याहरु छन् । कमलामाई नगरपालिकाका सबै ठाउँमा आ–आफ्नै समस्याहरु देखिएका छन् । कुनैमा ठाउँमा बाटो कालोपत्रे गर्नुपर्ने, कुनै ठाउँमा खानेपानीको व्यवस्था गर्नुपर्ने, कुनै ठाउँमा बाटोको व्यवस्था गर्नुपर्ने, कुनै ठाउँमा बाटो पुगेर पनि राम्रो प्राधिविकहरुको कमी सञ्चालन हुन नसकेका, कतै ढल र नालाको व्यवस्था नभएर बाटो बिग्रिएका छन् ।

कतै पुल नभएर आवतजाओतमा समस्या देखिएका छन् । कतै घरपाएकमा विद्यालय नभएर विद्यार्थी स्कुल जानबाट बञ्चित हुनुपरेको छ । कतै जग्गाजमीन राम्रो छ तर सिंचाईको व्यवस्था नभएर बाँभैm बसेका छन् । कतै बाटो चाहीं पुगेका छ तर प्राविधिक र भौतिक संरचना गतिलो नभएर यातायातमा बाधा पुगेका छन् । कर्त खोलाले खतबारी, घरघडेरी कटान गरेर समस्यामा परेका छन् । यो चाहीं क्षेत्र ठीक छ भनेर चित्त बुझाउने ठाउँ छैन । यसरी हरेक क्षेत्रमा जनतालाई समस्याले गाँजेको देखेर म चिन्तित छु ।

यस्तो हुनुमा के दोषी जस्तो लाग्छ ?
यस्तो हुनुमा चाहीं नगरपालिकामा जति कर उठ्छ त्यो भन्दा बढी खर्च हुनेगरी कर्मचारीदेखि अन्य भर्ती केन्द्र बनाउने गरेका यस्तो भएको जस्तो लाग्छ । कामभन्दा पनि एकदमै ‘ओभर स्टाफ’ राखिएको छ । यो हेर्दा मलाई पुरै भर्ती केन्द्र बनाइएको जस्तो लाग्यो । मैले कमलामाई नगरपालिकाका सबै वडाहरुमा देखेँ त्यहाँ जनताका पीरमर्का बुझ्ने र विकास निर्माण गर्ने भन्दा पनि आफ्ना कार्यकर्ता र आसेपासेलाई जागिर खुवाउने भर्ती केन्द्र बनाएको पाएँ ।

यसभन्दा पहिला नगरपालिका र वडाहरुमा नजताको पसिनाबाट जम्मा गरिएको करबाट आफ्ना कार्यकर्ता, आफन्त पोस्ने गरेको पाएँ । जनताको काम गर्ने दक्ष जनशक्ति छैनन् । खाली जागिर खुवाउने काम गरिएको रहेछ । अब यो प्रवृत्तिको अन्त्य गरेर आफ्नो योग्यता, क्षमता र दक्षको आधारमा कामको प्रकृति हेरेर दक्ष जनशक्तिमार्पmत जनताको सेवा गर्ने थलोको रुपमा नगरपालिका र वडा कार्यालयको विकास गर्नुपर्ने छ ।

यसको समाधानको लागि के गर्नुहुन्छ ?
अब अनावश्यक खर्च कटौती गरेर मितव्ययिता अपनाएर विकास निर्माणमा अगाडि बढ्ने छौं । त्यसको लागि हाम्रा भन्दा पनि राम्रा, योग्य जनताका जल्दाबल्दा समस्या बुझेर काम गर्ने कर्मचारी हुनुपर्छ । आउँदा दिनमा जनताको काम गर्दा चुस्तदुरुस्त ढंगले छिटोछरितो गरी काम गर्ने छौं । कर्मचारीहरुमा पनि अब हामी त्यो अवस्था सिर्जना गर्दछौं । जनताको पसिनाबाट जम्मा भएको कर विकास निर्माण र जनताको सेवामा खर्च गर्ने गरी काम गर्ने छौं ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com