चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । इण्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरी वृद्धि गरेर पठाएको छ ।

नेपाल आयल निगमले नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ६ रुपैयाँ ५२ पैसाले वृद्धि भएको जनाएको छ ।

त्यसैगरी, डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेको छ । इण्डियन आयल कर्पोरेसनले रुस–युक्रेन युद्ध जारी रहिरहेका बेला पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार वृद्धि भएको नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

पेट्रोलको खरिद लागत नयाँ मूलयसूची अनुसार २०९ रुपैयाँ २८ पैसा पुगेको छ । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ रहेकोमा प्रति लिटर पेट्रोलमा ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले बताएको छ ।

त्यसैगरी, डिजेलको खरिद लागत बढेर २०२ रुपैयाँ पुगेको छ भने डिजेको खुद्रा बिक्री मूल्य १६५ रुपैयाँ रहेको छ । निमगले डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा खेपेको जनाएको छ भने एलपी ग्याँसको खरिद लागत यथावत छ । हालको बिक्री मूल्य प्रति सिलिन्डर १८०० छ ।

एलपी ग्याँसमा निमगलाई प्रति सिलिन्डर ७५१ रुपैयाँ १४ पैसा घाटामा रहेको जनाइएको छ ।

नयाँ मूल्यसूची अनुसार समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड र मासिक घाटा ९ अर्व ६३ करोड पुग्ने अवस्था रहेको निगमले दाबी गरेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com