मंसिर १८, २०७९ आइतबार । December 4, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रम्हास्त्र’को ट्रेलर सार्वजनिक भएसँगै फिल्म विवादमा तानिएको छ ।

ट्रेलरमा प्रयोग गरिएको भीएफएक्स, सस्पेन्स, कलाकारको लुक्स र अभिनयको तारिफ भइरहँदा केहीले भने ट्रेलरमा राखिएको एक दृश्यका कारण फिल्म बहिस्कारको माग गरिरहेका छन् ।

ट्रेलरको एक दृश्यमा रणवीर भाग्दै मन्दिरभित्र पस्छन् । घण्टी बजाउन उफ्रिँदा उनले जुत्ता लगाएको प्रस्ट देख्न सकिन्छ । यो दृश्य देखेका दर्शकहरुले रणवीरको शैलीप्रति रिस व्यक्त गरेका छन् ।

‘जुत्ता लगाएर मन्दिरमा प्रवेश गर्नु । यही आशा गर्न सकिन्छ । बलिउड कहिल्यै पनि सनातन धर्मलाई आहत गर्ने मौका छोड्दैन, एक प्रयोगकर्ताले लेखेका छन् ।

अर्का प्रयोगकर्ताले ‘जुत्ता लगाएर मन्दिरमा घण्टी बजाउनु । यो दक्षिण भारतीय फिल्म र हिन्दी फिल्ममा अन्तर छ । दक्षिण भारतीय हिन्दु संस्कृतिलाई सम्मान गर्छन्’ भन्दै विरोध गरेका छन् ।

अयान मुखर्जी निर्देशित फिल्मको सुटिङ करिब पाँच वर्षसम्म गरियो । फिल्मकै लागि अयान त्यो समयभन्दा अघि तीन वर्षसम्म व्यस्त थिए ।

करण जोहारको प्रोडक्सनमा बनेको फिल्म ‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा रिलिज हुँदैछ । फिल्ममा अमिताभ बच्चन, आलिया भट्ट, रणवीर कपुर, मौनी रोय र नागार्जुन अक्किनेनीको अभिनय छ ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com