चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । पछिल्लो समय विश्वको ध्यान तानिरहेको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ । अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको हो ।

दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको बताइएको छ ।
भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ।

चिकित्सकहरूका अनुसार मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने हुन्छ । ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट सुरू हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिँदै जाने चिकित्सकहरुले बताएका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com