चैत्र ९, २०७९ बिहिबार । March 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा बिहीवार जवाफ दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन बिहीवारका लागि समय निर्धारण गरेका छन् ।

बुधवारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख सापकोटाले उक्त जानकारी गराएका हुन्। रक्षामन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवासँग एसपीपी लगायतका विषयमा सांसदहरुले जवाफ माग गरेका छन्। यसैगरी प्रधानमन्त्री देउवासँग अमेरिका भ्रमणबारे जानकारी दिनसमेत माग गरिएको छ। बैठक आज दिउँसो १ बजेका लागि तोकिएको छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com