मंसिर १२, २०८० मंगलबार । November 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली र भारतीय नक्कली नोटसहित रौतहटमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालको सरमुझवा बंकुल बी‌ओपीको टोलीले भारतको गोरखपुर निवासी २३ वर्षीय सन्जय सक्सेनालाई बिहीबार बिहान ५ बजे पक्राउ गरेको हो।

उनको साथबाट एक हजारका नेपाली नोट ५० थान, दुई हजारका २३ थान भारतीय नोट र पाँच सयका १० थान भारतीय नोट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। यसको कूल नेपाली मूल्य एक लाख ३१ हजार ६०० हुन आउँछ।

पक्राउ परेका सक्सेनालाई इलाका प्रहरी कार्यालय कोतुवा बुझाउने प्रक्रियामा रहेको सशस्त्रले जनाएको छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com