जेष्ठ २५, २०८० बिहिबार । June 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

विराटनगर । प्रदेश १ सरकारले लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन गरिएको बताए ।

इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, स्थानीय तह जोड्ने सडकका लागि ४४ करोड,जनता आवासका लागि २५ करोड,निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि ९० करोड, सिंचाई खानेपानीको लागि ६ अर्व बजेट विनियोजन गरिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com