आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशन प्रतिक्षित फिल्म ‘चिसो मान्छे’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मका लागि मल्टिप्लेक्सले अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । फिल्मलाई क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन अर्थात शुक्रबार १५ शो दिएको छ भने शनिवार १० शो दिएको छ ।

शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का तथा देशभक्त खनालको मुख्य भूमिका रहेको छ । वैदेशिक रोजगारीमा गएका श्रीमान् काठको बाकसमा फर्किएपछि नव यौवन भर्खर सुरु हुँदै गरेकी श्रीमतीका चोटका बिषयमा फिल्म निर्माण भएको हो । फिल्मले नयाँ पुस्ताले पुरानो रीतिथिति भत्काउँदै नयाँ संस्कारको सुरुवात गर्ने प्रेरणा दिने निर्माण युनिटले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com