चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

ओखलढुंगा । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ती बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।

ती बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत बैशाख २७ गते उनीहरुले सोही नगरपालिका–११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com