फाल्गुन २१, २०८० सोमबार । March 4, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही गाउँपालिका–३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका–४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com