मंसिर १७, २०८० आइतबार । December 3, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले असार ८ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख ३२ हजार ६०० कित्ता सेयर मध्य इलाम नगरपालिका वडा नं। १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गरिनेछ।

साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण सामुहिक लगानी कोष तथा कर्मचारीमा समेतमा निष्काशन गरिने छ । आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार २२ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताहरुले यस आईपीओमा नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com