मंसिर १७, २०७९ शनिबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले २६ मा २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । आइपीओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन भएको हो ।

जसमा ९५ प्रतिशत) १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र ९३ प्रतिशत० ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १० लाख १९ हजार ८६९ कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ ।

दोर्दी खोला जलविद्युतको आइपीओमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com